रामजनको मितिमा निर्वाचन भएकोमा मोरङका मुस्लिमहरुको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

रामजनको मितिमा निर्वाचन भएकोमा मोरङका मुस्लिमहरुको आपत्ति

दिनेश खड्का,२२ वैशाख विराटनगर
जेठ ३१ हुने भनिएको दोस्रो चरणको निर्वाचनमा मुस्लिमहरुको महत्वपुर्ण चाड रामजान पर्ने हुदा उक्त मितिमा निर्वाचन नगराउन मोरङका मुस्लिम समुदायले सरकारलाई आग्रह गरेका छन् । मुस्लिम समुदायको छाता संगठन मोरग मुस्लिम समाजले आज मोरगका जिल्ला प्रमुख अधिकारी यज्ञ काईराला मार्फत प्रधानमन्त्रिलाई उक्त

रामजनको मितिमा निर्वाचन भएकोमा मोरङका मुस्लिमहरुको आपत्ति

दिनेश खड्का ,२२ वैशाख विराटनगर
जेठ ३१ हुने भनिएको दोस्रो चरणको निर्वाचनमा मुस्लिमहरुको महत्वपुर्ण चाड रामजान पर्ने हुदा उक्त मितिमा निर्वाचन नगराउन मोरङका मुस्लिम समुदायले सरकारलाई आग्रह गरेका छन् । मुस्लिम समुदायको छाता संगठन मोरग मुस्लिम समाजले आज मोरगका जिल्ला प्रमुख अधिकारी यज्ञ काईराला मार्फत प्रधानमन्त्रिलाई उक्त मितिमा चुनाव नगराउन भनी ज्ञापन पत्र समेत  बुझाएका छन् ।

जेठ १५ गतेदेखि महिना दिनसम्म हुने रमजानमा मस्लिम समुदायले कठोर वर्त लिनुपर्ने हुदा उक्त समयमा मुस्लिमहरु निर्वाचनमा भागलिन नसक्ने समुदायको भनाई छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा मोरग मुस्लिम समाजका प्रभक्ता तथा ्एमालेका जिल्ला सदस्य समेत रहनु भएको वसिम आलामले पार्टिले मुस्लिम समुदायको मर्म विपरित निर्णय गरे त्यो कपदी स्वृकार्य नहुने वताउनु भयो । आलमले मुस्लिमको मागलाई वेवस्ता गर्दै उक्त मितिमा निर्वाचन गराए आफु सशक्त अन्दोलनमा उत्रिने समेत चेतावनी दिनुभयो ।

रमजान पर्वलाई मध्यनजर गर्दै सरकारले दोस्रो चरणको निर्वाचनलाई स्थगीत गरी अन्य अनुकुल मितिमा सार्नु पर्ने मुस्लिम समाजले सरकारसमक्ष मुख्य माग राखेका छन् । मुस्लिम समुदाय सरकारको सकारत्मक निर्णय प्रतिक्षामा रहेकाले हालै कुनै पनि कसिमको अन्दोलनका गरि नहाल्ने मुस्लिम समाजले वताएको छ ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);