नवलपरासीको महलपोखरीमा बल्ल विद्युत पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवलपरासीको महलपोखरीमा बल्ल विद्युत पुग्यो

नवलपरासी, ३ माघ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४, महलपोखरीमा विद्युत पुगेको छ ।

लामो समयदेखिको योजना कार्यान्वयनमा स्थानीय तहका प्रतिनिधिले तदारुकता देखाएपछि नवलपरासी पश्चिमको विकट पहाडी क्षेत्र महलपोखरीमा बिजुली बलेको हो । बिजुली पुगेसँगै महलापोखरीका २३ घरधुरी लाभान्वित भएका छन् । विद्युत् पुगेपछि हर्षित भएका स्थानीयले सरकारले महलपोखरी क्षेत्रलाई बेवास्ता गर्ने गरेको गुनासो गरे ।

महलपोखरी शिक्षाका क्षेत्रमा पनि निकै पछाडि छ । कक्षा ५ पछिको पढाइका लागि बालबालिका ११ किलोमिटर टाढाको सुनवल बजार पुग्नुपर्ने हुन्छ । सडक अभावमा महलपोखरीबासीले वर्षातका बेला पहिरो, हिलो र चिप्लो बाटोको सामना गर्नुपर्छ । सुनवल नगरपालिकाले महलपोखरीको सर्वाङ्गीण विकासका लागि योजना बनाइरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);