झुम्सा खानेपानी योजना सम्पन्न गर्न सरकारको दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

झुम्सा खानेपानी योजना सम्पन्न गर्न सरकारको दबाब

khanepani

बुटवल, ३ माघ । रुपन्देहीको बहुचर्चित झुम्सा खानेपानी योजना सम्पन्न गर्न ढिलाइ हुने भएपछि सरकारले काम छिटो सम्पन्न गर्न दबाब दिएको छ ।

खानेपानी योजना अवलोकनका लागि पुगेका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
बुटवलमा खानेपानी आपूर्तिका लागि सुरु गरिएको झुम्सा खानेपानी योजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । खानेपानी संस्थान कार्यालय बुटवलका अनुसार करिब १० वर्षअघि निर्माण सुरु भएको योजनामा हालसम्म १६ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजना छिटो सम्पन्न गर्न स्थानीय राजनीतिक दलले पनि तदारुकता देखाएका छन् ।

१० वर्षअघिको मागलाई ध्यानमा राखेर अध्ययन गरिएको खानेपानी योजना बुटवलमा जनघनत्व बढेपछि आयोजनाको साइज र लागत पनि बढ्ने देखिएको छ । झुम्सामा ट्रिटमेन्ट प्लान्ट, पानी संकलन ट्यांकी र पानी वितरणका लागि पाइप लाइन तयार गर्न टेन्डर प्रक्रिया अघि बढाउन लागिएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

आयोजना पूर्णरुपमा सम्पन्न गर्न थप एक अर्ब लागत अनुमान गरिएको छ । यस आयोजनामार्फत बुटवलमा दैनिक ३ करोड २० लाख लिटर पानी पुर्याउने लक्ष्य राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);