च्याम्पियन्स लिगमा रियलको जित, रोनाल्डोले मेस्सीलाई भेट्टाए | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

च्याम्पियन्स लिगमा रियलको जित, रोनाल्डोले मेस्सीलाई भेट्टाए

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड विजयी, एथलेटिको म्याड्रिड ३–० ले पराजित, खेलमा रोनाल्डोको ह्याट्रिक

च्याम्पियन्स लिगमा रियलको जित

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ । 

मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हरायो ।

पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा थप दुई गोल गर्दै च्याम्पियन्स लिगमा अर्को ह्याट्रिक पूरा गरे ।

१० औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरेपछि रियलले पहिलो हाफमा १–० को अग्रता लियो । ७३ औं मिनेटमा अग्रता दोब्बर पारेका रोनाल्डोले ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म एक सय तीन गोल गरेका छन् ।

यो एथ्लेटिको मड्रिडले समग्र क्लबले नै च्याम्पियन्स लिगमा गरेको गोल भन्दा तीन गोल बढी हो । रोनाल्डोलाई रोक्क एथ्लेटिकोको टिम कमजोर बन्यो र रियलको चार वर्षमा तेस्रो पटक फाइनलमा तर्फको यात्रा सहज बन्दै गयो ।

गएको वर्ष रियलले फाइनलमा एथ्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो । त्यसअघि सन् २०१४ मा पनि एथ्लेटिकोलाई नै फाइनलमा हराएर रियलले उपाधि जितेका हो । रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् ।

योसँगै उनले च्याम्पियन्स लिगमा धेरै पटक ह्याट्रिक गर्ने कीर्तिमानमा बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन् ।

मेस्सीले पनि सात पटक ह्याट्रिक गरेका छन् । दोस्रो लेग अब एथ्लेटिकोको मैदानमा हुनेछ । च्याम्पियन्स लिगको इतिहासमा सेमिफाइनलको पहिलो लेगमा तीन वा बढी गोल अन्तरले पराजित भएको टिम फाइनलमा पुग्न सकेको छनै ।

यसअछि पाँच टिम च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा तीन वा त्यो भन्दा बढी गोलले पराजित भएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);