कागबेनीमा बाढीले प्रहरी चौकीसहित दर्जन बढी घर बगायो | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कागबेनीमा बाढीले प्रहरी चौकीसहित दर्जन बढी घर बगायो

काठमाडौं, २९ साउन । मुस्ताङको वारागङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको भिषण वर्षापछिको बाढीले प्रहरी चौकी,पुल सहित दर्जनभन्दा बढी घरहरु बगाएको छ ।

आइतबार राति आएको वर्षापछिको बाढीले १५ घर, निर्माणाधिन पुल र प्रहरी चौकी बगाएको हो । मानविय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

बाढीले कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगाएको छ । पुल बगाएसँगै कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको छ ।

चौकी बगाएपनि हतियार जोगाएका प्रहरीहरु यतिबेला गाउँपालिकाको भवनमा बसेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);