काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्फबर्गलाई ६–० ले हराउँदै बार्यन म्युनिखले लिगका तीन खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो ।
कार्लोस एन्सिलोटीको प्रशिक्षणमा रहेको बार्यन म्युनिखले लगातार पाँचौं सिजन बुण्डेस लिगाको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । लगातार पाँचौं सिजन लिगको उपाधि जित्ने बार्यन पहिलो टिम हो ।
बार्यनको जितमा रोर्बट लेवान्डोस्कीले दुई तथा डेविड अलाबा, आर्जेन रोबिन, थोमस मुलर र जोस किम्मिचले एक एक गोल गरे ।
७८ औं मिनेटमा लुइज गुस्टोभा दोहोरो पहेँलो कार्डखाँदै मैदानबाट बाहिरिएपछि वुल्फबर्ग १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि उपाधि पक्का गरेको बार्यनको ३१ खेलबाट ६३ अंक भएको छ । राति नै भएको खेलमा बराबरीमा रोकिएको लेइप्जिग ३१ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ ।