सुशान्तकी प्रेमिका रियालाई ठूलो राहत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सुशान्तकी प्रेमिका रियालाई ठूलो राहत

एजेन्सी, ४ साउन । नार्कोटिक्स कन्ट्रोल ब्यूरोले रिया चक्रवर्तीको जमानतको निर्णयलाई चुनौती दिने छैन् । सर्वोच्च अदालतलाई जानकारी दिँदै एनसीबीले बम्बई उच्च अदालतको फैसलालाई चुनौती दिने पक्षमा नभएको बताएको छ ।

सुशान्त सिंह राजपुतको मृत्युपछि एनसीबीले रिया चक्रवर्तीलाई लागूऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको थियो । रिया झण्डै २८ दिन जेलमा बसिन् । उनले अक्टोबर २०२० मा मुम्बई उच्च अदालतबाट जमानत पाएका थिए । यो निर्णयपछि रियाले सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गरेकी छन् ।

अतिरिक्त सोलिसिटर जनरल (एएसजी) एसवी राजुले न्यायधिश एसएस बोपन्ना र एमएम सुन्दरेशको बेन्चको अगाडि सर्वोच्च अदालतलाई भने उनी रिया चक्रवर्तीको जमानतको विरुद्धमा जाने छैनन् । एएसजीले भने– हामीले जमानतलाई चुनौती दिइरहेका छैनौं, तर एनडीपीएस ऐनलाई ध्यानमा राख्दै यसलाई सधैं विचारका लागि खुला राखौं । आदेशलाई कुनै पनि विधिको उदाहरण बन्न नदिनुहोस्।

सर्वोच्च अदालतले एएसजीको यो अपील स्वीकार गरेको छ । यो पनि स्पष्ट छ कि बम्बे उच्च अदालतको आदेश एक उदाहरण मानिने छैन ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);