बालेनले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरे : करिश्मा मानन्धर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बालेनले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरे : करिश्मा मानन्धर

काठमाडौं, ३ साउन । अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरले जरिवाना तिराएर चलचित्र ‘बगान’को विज्ञापन गरिदिएको टिप्पणी गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत महानगरले ५० हजार रुपैयाँ तिराएर ५ लाखको विज्ञापन गरिदिएको बताएकी हुन् ।
मेयर बालेनले नेपाली सिनेमालाई माया गर्ने पनि उनको विश्वास छ ।

उनले लेखेकी छिन्,‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर ? काठमाडौँका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले ‘बगान’ लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

काठमाडौँ महानगरपालिकाको विज्ञापनसम्बन्धी निर्देशिकामा महानगरका सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्प्लेट टाँस्न बन्देज गरिएको छ । यसमा १ लाख रुपैयाँसम्मको जरिवाना गर्न पाउने व्यवस्था रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);