एसिया कपका लागि नेपाली टीमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८०, सोमबार

एसिया कपका लागि नेपाली टीमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसियन क्रिकेट काउन्सिल पुरुष इमर्जिङ कपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।

क्यानले शुक्रबार घोषणा गरेको टिममा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी र सन्दीप लामिछानेलाई समावेश छैनन् । ऐरी र लामिछाने ग्लोबल टी–२० लिग खेल्ने तालिकाका कारण टोलीमा समावेश नगरिएको बुझिएको छ भने अन्य युवा खेलाडीलाई मौका दिन करण र ज्ञानेन्द्रलाई बाहिर राखिएको छ ।

टोलीमा देव खनाल, श्याम ढकाल, सन्दीप जोरा र सूर्य तामाङले सहभागि छन् ।

भारत, पाकिस्तान र युएईको ‘ए’ टिमसँग समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल आगामी जुलाइ १४ तारिखमा पाकिस्तान ‘ए’ सँग खेल्नेछ। १७ जुलाइमा भारतको ‘ए’ टिमसँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेल १९ जुलाइमा युएई ‘ए’ टोलीसँग खेल्नेछ।

प्रतियोगिता जुलाई १३ बाट सुरु हुनेछ ।

Leave a Reply