चीन गए सन्दीप र सागर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चीन गए सन्दीप र सागर

काठमाडौं, ९ असोज ||

नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल १९ औं एसियाली खेलकुदका लागि मंगलबार चीन गएका छन् । अदालतमा मुद्दाको पेशीका कारण सन्दीप तथा भिषा समस्याका कारण सागर गत आईतबार नेपाली राष्ट्रिय टोलीसँगै चीन जान नपाएका दुवै खेलाडी मंगलबार गएका हुन् ।

ललित राजवंशी घाइते भएर खेल्न नसक्ने भएपछि नेपाल क्रिकेट संघ क्यानले सागर ढकाललाई टोलीमा समावेश गरेको हो । अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप र भिषा समस्या समाधान भएपछि सागर एसीयाली खेलकुदमा खेल्न पाउने भएका हुन् ।
१८ औं एसियाली खेलकुदमा नेपालले समूह ए मा रहेका मंगोलियासंग बुधबार र माल्दिभ्ससँग आउँदो आइतबार समूह चरणमा खेल्ने छ । तुलनात्मक रुपमा कमजोर टोली रहेको कारण समूह चरणका खेल नेपालका लागि औपचारिकता मात्रै भएको देखिन्छ । यसकारण नेपालको क्वार्टर फाइनल स्थान लगभग पक्का छ । टेस्ट टोली बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका क्वाटरफाइनलमा पुगिसकेका छन ।

विश्वकपले गर्दा सबैले दोस्रो रोजाईको टोली पठाएको कारण नेपालले क्वाटरफाइनल चरण पार गर्ने संभावना पनि उच्च छ । ०००

 

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);