ललितपुरको सानेपामा सनराइज बैंकको शाखा स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ललितपुरको सानेपामा सनराइज बैंकको शाखा स्थापना

काठमाडौं, २६ पुष । सनराइज बैंकले ललितपुरको सानेपामा शाखा स्थापना गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सनराईज बैंकको ७२ औँ शाखाको उद्घाटन गरेका हुन । आफ्ना ग्राहकलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको बैंकका संचालक डा. भोगेन्द्र गुरागाईँले बताए ।

अर्का संचालक बच्छराज तातेडले ग्रामिण भेगमा पनि बैंकले शाखा विस्तार गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकको नीति कार्यक्रमलाई सघाउन तथा वित्तीय पहुँच विस्तार गर्न शाखा विस्तार गरिएका बताए । सानेपामा शाखा विस्तार भएसँगै सनराईज बैंकको देशभर ७२ वटा शाखा भएको छ भने ९१ वटा एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);