नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्षभित्र थप २५ वटा शाखा विस्तार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्षभित्र थप २५ वटा शाखा विस्तार गर्ने

nepal bank limited

काठमाडौं, २७ जेठ । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्षभित्र थप २५ वटा शाखा विस्तार गर्ने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष भित्र थप २५ वटा स्थानमा शाखा विस्तार गर्ने तयारी भइरहेको बताए । बैंकको हाल १ सय २५ वटा शाखा रहेको छ । प्रमुख कार्यकारी अधिकृत शाहले २ वर्ष भित्र बैंकको शाखा २ सय पुर्याउने लक्ष्य लिइएको जानकारी दिए ।

नेपाल बैंक लिमिटेडको हाल चुक्ता पूँजी ८ अर्ब पुगेको छ । विगत ३ वर्षमा कर्जा ५० अर्बबाट बढेर ८० अर्ब पुगेको छ । प्रतिशेयर आम्दानीमा बैंक तेस्रो स्थानमा रहेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);