सिटिजन्स बैंकको स्थानिय स्तरमा शाखा विस्तार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सिटिजन्स बैंकको स्थानिय स्तरमा शाखा विस्तार

citizen bank

काठमाडौं, १ जेठ । सिटिजन्स बैंकले स्थानिय स्तरमा शाखा विस्तार गरेको छ । सोमबार बैंकले ६ वटा जिल्लामा एकै पटक शाखा विस्तारको घोषणा गरेको हो ।

इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्स छिन्ताङ सहिदभूमिमा ६ वटा शाखा विस्तार गरेको हो । योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नाराका साथ बैंकले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउन शाखा विस्तार गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले संघिय संरचना अनुसार स्थानिय स्तरमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यले बैंकको शाखा विस्तार गरिएको बताए ।

बैंकले नयाँ ६ वटा शाखा विस्तार गरेसँगै अब ७४ वटा शाखा कार्यालय, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ सेवा दिनेछ । बैंकको हाल एक नम्बर प्रदेशमा तीनवटा शाखा रहेको र आगामी दिनमा थप ८ वटा शाखा विस्तार गर्दै ११ वटा पु¥याउने भएको छ । त्यस्तै २ नम्बर प्रदेशमा हाल ८ वटा शाखा रहेको छ । तीन नम्बर प्रदेशमा हाल २९ वटा शाखा रहेको छ भने थप तीनवटा शाखा बिस्तार भएसँगै ३१ वटा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);