सनराइज बैंकको सितापाइलामा पनि शाखा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सनराइज बैंकको सितापाइलामा पनि शाखा

१६ चैत्र, काठमाडौं । सनराइज बैंकले काठमाडौंको सितापाइला चोकमा नयाँ सेवा कार्यालय विस्तार गरेको छ ।

सनराइज बैंकको सितापाइलामा पनि शाखा

१६ चैत्र, काठमाडौं । सनराइज बैंकले काठमाडौंको सितापाइला चोकमा नयाँ सेवा कार्यालय विस्तार गरेको छ ।

सनराइज बैंकले बुधबारदेखि राजधानीको सितापाइला स्थित त्रिरत्न कम्प्लेक्सबाट सेवा सुरु गरेको हो । सेवा कार्यालयको उद्घाटन गर्दैसनराइज बैंकका अध्यक्ष मोतीलाल दुगढले उपभोक्ताको मागलाई ध्यानमा राखेर सीतापाइलाबाट पनि कारोबार शुरु गरेको बताउनुभयो ।

मुलुकको बैंकिङ्ग सेवा नपुगेको क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य अनुरुप सनराइजलेसेवा कार्यालयविस्तार गरेको अध्यक्ष दुगडले जानकारी दिनुभयो । उहाँले बैंकले अन्य बैक भन्दा सहज र सरल रुपले ग्राहकलाई सेवा दिइरहेको दाबी गर्नुभयो । उक्त नयाँ कार्यालयबाट एटिएम सेवाको पनि शुभारम्भ गरिएको छ ।

सनराईज बैंकको हाल चुक्ता पु‘जी ५ दशमल ४५ अर्ब रहेको छ भने ५८ दशमलब ९९ प्रतिशत निक्षेप, ५० दशमल ४६ अर्ब कर्जा प्रवाह रहेको छ । यस बैंकको ३ लाख ३५ हजार ग्राहक रहेको छ । बैंकले लकर सुविधामा ५० प्रतिशत छुट दिंदै आएको छ । त्यसैगरी इ–बैंकीङ्ग,मोबाइल बैंकीङ्ग र सूर्योदय रेमिट सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);