प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाँदै

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धार्मिक पर्यटकीय स्थल खप्तड प्रस्थान गरेका छन् । प्रधानमन्त्रीसहित केही नेताहरुको टोली आज बिहान उता प्रस्थान गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार खप्तड जानुअघि दाहाल सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा.सन्जु खड्काको श्रद्धान्जली सभामा सहभागी हुनेछन् । त्यसपछि मात्रै प्रचण्ड खप्तड जानेछन् ।

सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव पनि आउने भएका छन् । आजदेखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहनेछ ।
आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने विश्वास लिइएको छ । file photo

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);