आध्यात्मिक सम्मेलनका लागि रामदेव नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आध्यात्मिक सम्मेलनका लागि रामदेव नेपाल आउँदै

धनगढी, ५ जेठ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने भएका छन् । खप्तडमा रामदेवको उपस्थितिमा आगामी जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ ।

धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने जानकारी दिएका हुन् ।

आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);