चल्न सक्ने सवारीसाधनलाई चल्न दिनुपर्ने मजदुर संगठनको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चल्न सक्ने सवारीसाधनलाई चल्न दिनुपर्ने मजदुर संगठनको माग

काठमाडौं, २१ जेठ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई मजदुर संगठनहरुले ज्ञापनपत्र बुझाएका छन् । यान्त्रिक परिक्षण गरि उपयुक्त सवारीसाधनहरुलाई चल्न दिनुपर्ने उनीहरुको माग छ । मन्त्री लक्ष्मण लम्साललाई एकीकृत यातायात मजदुर संगठन,स्वरोजगार यातायात मजदुर संगठन नेपालले ज्ञापनपत्र बुझाउँदै  परिक्षण गरि उपयुक्त सवारीसाधनहरुलाई चल्न दिनुपर्नेबारे ध्यानाकर्षण गराएको हो ।

सियो समेत उत्पादन नहुने भन्दै नेपालले तेस्रो मुलकबाट ल्याएको फलामको उमेर तोक्नु अवैज्ञानिक हुने मजदुर संगठनको ठहर छ । स्वरोजगार यातायात मजदुर संगठन नेपालका अध्यक्ष खडग बहादुर गिरीले विद्युतिय सवारीमा रुपान्तरण गर्ने व्यवस्था गरिनु पर्नेबारे मन्त्री लम्साललाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । “यान्त्रिक परिक्षणको आधारमा गाडी चल्न दिने ब्यवस्था गर्नूपर्छ, विदेशबाट फर्किएका, उमेर पाको भएका साथीहरुले यो क्षेत्रमा लगानी गर्नुभएको छ, सरकारले श्रमिकहरुको हकमा विशेष व्यवस्था गर्नुपर्छ, त्यसको लागि अनुदान दिनुपर्छ”,गिरीले भन्नुभयो,“सरोकारवाला सम्मिलित कार्यदल निर्माण गरि तत्काल काम थाल्नुपर्ने सुझाव दिएका छौं ।”

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत जेठ ७ गते आइतबार २० बर्ष नाघेका सार्वजनिक सवारी साधन पत्रु गर्ने सूचना सार्वजनिक गरेको थियो ।

यी हुन् दुई मजदु्र संगठनले अघि सारेका माग
१,बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०८० जेठ ७ गते आइतबार २० बर्ष नाघेका सार्वजनिक सवारी साधन पत्रु गर्ने सूचना तत्काल स्थगित गरि बार्ता तथा संवाद द्वारा समस्या समाधान गरिनुपर्ने
२,सरोकारवाला सम्मिलित कार्यदल निर्माण गरि तत्काल काम थाल्नुपर्ने
३, बागमती प्रदेशको आवश्यक कानुन संशोधन गर्न पहल गर्नुपर्ने
४,संघीय सरकारलाई कानुन संशोधन गरि सार्वजनिक यातायातमा मात्र लगाइएको अव्यावहारिक २० बर्षे नीति हटाइ यान्त्रिक परिक्षणको आधारमा गाडी चल्न दिने ब्यवस्था गर्न अनुरोध गर्ने
५,सार्वजनिक सवारीसाधनलाई बिद्युतिय सवारीसाधनमा रूपान्तरण गर्न आवश्यक छलफल गरि निष्कर्षमा पुग्ने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);