स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन

nirdeshan

काठमाडौं, २४ असार । संसदको विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसायय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

बुधबारनै समितिले यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिसंग छलफल गरेको थियो । मजदुर संगठनमा प्रतिनिधिले छलफलका क्रममा सरकारले आफूहरुका समस्या सम्बोधन नगरे सडकमा उत्रिने चेतावनी दिएका थिए ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चैत ११ गतेबाट लक डाउन सुरु भएसँगै यातायात क्षेत्र, दैनिक ज्यालादारी गर्ने मजदुर लगायत बढी समस्यामा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);