दिपायल ठप्प भएपछि बाजुरा र अछामबासी समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दिपायल ठप्प भएपछि बाजुरा र अछामबासी समस्यामा

बाजुरा, २३ पुष । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै डेढ सातादेखि चर्काइएको आन्दोलनका कारण पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले दिपायल ठप्प पारेपछि बाजुरा र अछामबासी समस्यामा परेका छन् ।

लगातारको बन्दका कारण यातायातका साधन सहज ढंगले चल्न सकेका छैनन् भने खद्यान्न ढुवानीमा समस्या हुँदा भाउ अकासिएको हो । विगतमा धनगढीसम्मका लागि ११ सय ६० रुपैयाँ बस भाडा तिर्दै आएका बाजुराबासी दिपायल बन्दका कारण १८ देखि २१ सय रुपैयाँ तिर्न बाध्य छन् ।

दिपायल बन्दका कारण अफ्ठ्यारा सडक छिचोल्दै तीन दिन लगाएर महेन्द्रनगरबाट बाजुराको मार्तडी आइपुग्नुपर्दा बढी भाडा लिन बाध्य भएको उनीहरूले बताए । लामो दूरीमा सवारीसाधन गुडाउँदा इन्धन बढी लाग्ने भए पनि यात्रुलाई गन्तव्यसम्म पु¥याउन जोखिम मोल्नैपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

सामान्य अवस्थामा मार्तडीबाट जाने सवारीसाधन अछामको साँफेबगर हुँदै दिपायल, धनगढी, नेपालगन्ज र काठमाडौंसम्म पुग्छ तर, दिपायल बन्दका कारण यतिखेर बाजुरा र अछामबाट नियमित जिल्लाबाहिर जाने करिब दुई सय साना तथा ठूला सवारीसाधन बीचबाटोमै अलपत्र छन् । कतिपय सवारीसाधन मगंलसेनबाट सुर्खेत, नेपालगन्ज हुँदै टिकापुर, धनगढी र महेन्द्रनगर पुग्नेगरेका छन् । यात्रुहरू जसोतसो गन्तव्यसम्म पुगिरहँदा खाद्यान्न बोकेका मालबाहक ट्रकहरू भने १३ दिनदेखि बीचबाटोमै रोकिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);