काँग्रेस युवा नेताहरुले गरे नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काँग्रेस युवा नेताहरुले गरे नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, युवा नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतका नेताहरुले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य मधु आचार्यले नेपाली काँग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी काँग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रुपान्तरण गर्ने बताउनु भयो ।

हाल कांग्रेसभित्र गैर काँग्रेसी चरित्रले बास गरेको उहाँले बताउनु भयो । उहाँले काँग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताउनु भयो । उहाँले कांग्रेसको कमी, कमजोरीहरुबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रबामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको बताउनु भयो । काँग्रेस रुपान्तरणको अभियानलाई अगाडी बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो ।

अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);