बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः नेता महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः नेता महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ ।

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनु भयो । उहाँले विगतमा भित्र एउटा र बाहिर अर्को हुनेकुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताउनु भयो ।

उहाँले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताउनु भयो । अर्थमन्त्री एवं काँग्रेस प्रवक्ता महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रिय समितिको बैठमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताउनु भयो । पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उहाँले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताउनु भयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रामहरि खतिवडाले काँग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पु¥याउनुपर्ने बताउनु भयो । दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताउनु भयो । उहाँले केही क्षणका लागि हुने मुद्दामा पार्टी केन्द्रित नहुने बताउनु भयो । उहाँले क्रियाशील सदस्य पार्टीको जग बलियो बनाउनका लागि भएको बताउनु भयो ।

बैठकपछि बोल्दै नेता नैनसिंह महरले कोशी सरकारको नामाकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताउनु भयो । उहाँले केन्द्रिय समितिको बैठक लाइभ गरेको विषय राम्रो भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);