प्रचण्डलाई ओलीको चुनौती– दुबोको माला लगाएर हिरो बन्न पाँइदैन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रचण्डलाई ओलीको चुनौती– दुबोको माला लगाएर हिरो बन्न पाँइदैन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीबिरुद्ध दृढतापूर्वक उभिन चुनौति दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटुन’ भन्नुपरेको जिकिर समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको उहाँको स्पष्टीकरण थियो ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि चेतावनी दिनुभयो ।

उहाँले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दबाब दिएजसरी सञ्चार माध्याममा बोलेको दोहो¥याउँदै हिरोइजमको खेल खेल्ने प्रयास नगर्न समेत चेतावनी दिनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटकपटक दोहो¥याउनु भयो ।

उहाँले भन्नुभन्नु भयो, ‘भ्रष्टहरु नछुटुन भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ । प्रधानमन्त्रीलाई मैले त्यसो भन्नुको अर्थ छ । किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनाआवश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ । त्यसकारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु–निर्दोषलाई फसाउने कोशिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किउन । प्रधानमन्त्रीले मसँगको भेटपछि बाहिर निस्केर मानिलिउँ पुष्पकमल दाहाललाई नेपाली जनताले चिनेकै छैन जसरी दुधले नुहाएको सेतो अवतारका साथ उहाँ मिडियामा निस्कनु भयो । पवित्र अवतार, चोखो अवतार । त्यसरुपमा निस्केर भ्रष्टलाई छोड्दिन, दवावमा पर्दिन । के मलाई उहाँले दवाव दिनका लागि बोलाउनु भएको हो ? मैले उहाँलाई दवाव दिएको थिए र ? उहाँले कुनै दबाब दिएको छैन भन्नुपर्छ नि । सही कुरा बोल्नुपर्दैन । मैले दबाब दिएजसरी उहाँ मिडियामा बोल्नुभयो । मैले गएर उहाँलाई मान्छे छुटाउन दबाब दिए, दोषीलाई छुटाउन दबाब दिए भनेजस्तो हिसावले धाक लगाउने भयो मानौं कि नेपाली जनताले प्रचण्डलाई चिनेकै छैनन् । कसैको दबाब मान्छु र म । के भनेको त्यो ? उहाँले त्यसपछि कार्यकर्तामाझ गएर दुबोको माला लगाएर भन्नुभयो, यो त टेलर मात्रै हो, फिल्म आउन बाँकी छ । म प्रचण्डजीलाई सोध्न चाहन्छु–तपाईको सिनेमा हलमा फिल्म कहिले लाग्छ ? अन्त त धुमधाम भई सक्यो त ? सबैतिर चलेको छ सिनेमा । तपाईको हलमा कहिले लाग्छ ? हामी हेर्न चाहन्छौं त्यो सिनेमा । सबै टेलर मात्रै किन प्रचण्डजी । तपाई हल किन रित्तै, ताला लागेको छ । सञ्चार माध्याममा फिल्म आईराख्या छ । किन चुप हुुनुहुन्छ ? मलाई बोलाएर भेट्ने अनि यो त टे«लर मात्रै हो, फिल्म देखाईदिन्छु भन्ने । देखाउनुस्त फिल्म ? अहिले मेरो संवैधानिक परिषद् बैठकमा उहाँसँग भेट हुँदैछ । म आज पनि उहाँलाई सोध्नेवाला छु–फिल्म कहिले शुरु हुन्छ ? कसैको बारेमा उहाँ किन चुँसम्म बोलिराख्नुभएको छैन ? कसैको बारेमा उहाँ किन निकै चम्केर अगाडि बढिरहनु भएको छ ? अहिले म भनि हाल्दिन । ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ ? कसकसलाई उम्काऊ भन्ने निर्देशन छ । त्यसबारेमा म पछि कुरा गरौंला । तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी । र, प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको काण्डहरुको छानबिन दृढताका साथ गराउनु पर्छ । हिरोईजमको व्यापार गर्ने होइन । उहाँ हिरोइजमको व्यापार गरिराख्नुभएको छ । वा, दुबोको माला लगाएर हिरो । त्यसकारण यो व्यापार गर्ने होइन । स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीजी । छानबिन गरेर दोषीमाथि कारबाही गर्नुप¥यो । अनि, प्रतिपक्षको बिरुद्ध होइन । दोषीको बिरुद्ध उभिने हिम्मत देखाउनुस् त ? म प्रधानमन्त्रीलाई चुनौति दिएर भन्छु–दोषीको बिरुद्ध उभिने हिम्मत देखाउनुस् । प्रतिपक्षका बिरुद्ध होइन । म तपाईहरुलाई आश्वास्त पार्न चाहन्छु–हाम्रो पार्टी कसैको दोष, अपराधको ढाकछोप गर्दैन । र, कोही पनि दोषीलाई बचाउने काम गर्दैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);