रास्वपा प्रति ओलीको टिप्पणी– त्यो पार्टी नयाँ बोत्तलमा राखिएको पुरानो रक्सी हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रास्वपा प्रति ओलीको टिप्पणी– त्यो पार्टी नयाँ बोत्तलमा राखिएको पुरानो रक्सी हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको रुपमा चित्रण गर्नुभएको छ ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले तीतेपाती उदाहरण प्रश्तुत गर्दै उहाँले सो पार्टीको आयु बढीमा ४ महिनाको रहेको पनि बताउनु भयो । उहाँले नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको पनि बताउनु भयो । ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा हल्ला चलेको छ अहिले । अब यो पुरानो पार्टी सक्किए भनेको खासगरी एमालेलाई टार्गेट गर्न खोजिएको हो । बुर्जुवामा पुरानो, नयाँको केही पनि अर्थ छैन । पुराना हुन् कि नयाँ आउन कि के मतलव ? बुर्जुवा आईडोलोजी इज बुर्जुवा आईडोलोजी । जे सुकै बजाएर, जेसुकै बोकेर आओस् न । केही फरक पर्दैन । तर नयाँ चिज के हो भने परिवर्तनकारी विचार मात्रै नयाँ विचार हो । कार्लमाक्सले भनेको जति नयाँ फिलोसोफी । कतिले पछि फिलोसोफीको नाममा बनाए होलान् तर कार्ल माक्र्सले अगाडि सारेको माक्सिजम सबभन्दा नयाँ, सबैभन्दा नयाँ दर्शन भनेको माक्र्सवादी दर्जन । त्यो भन्दा नयाँ दर्शन अर्को कुनैपनि छैन । नेपालमा सबभन्दा नयाँ पार्टी भनेको, सबभन्दा पूरानो पार्टी पनि यही पार्टी हो एमाले । र, सबभन्दा नयाँ पार्टी पनि यही हो । अहिले ४ महिना, ६ महिना, १० महिना अगाडि खोले पनि बुढो विचार बोकेर खोलेको पार्टी नयाँ कसरी हुन्छ ? त्यसकारण त्यो नयाँ हुँदैन । नयाँ के छ भन्दा परिवर्तनको, यस समाजलाई यस ठाउँबाट नयाँ उचाईमा पु¥याउने, नयाँ परिवर्तनमा पु¥याउने त्यो कुरा चाहीँ नयाँ हो । नेकपा एमाले सबैभन्दा नयाँ पार्टी हो । र, अहिले युवाहरुको बीचमा सबभन्दा नविन विचार बोकेको, सबभन्दा नयाँ युवा संघ, अहिले कसैले बनाउला । भोलीपर्सी पनि बनाउला । यो चाहीँ नयाँ भन्ला, होइन । नयाँ बोतलमा पुरानै रक्सी के भन्छ नि । यी बोत्तल जुनसुकै कलरका जे सुकै होऊन । बोत्तल नयाँ होला । रक्सी उही हो । उही रक्सी बोकेर हिँड्या छ । जेसुकै चिन्ह बोकुन् । अब देश बनाउने भिजनबिना, कहाँ पुग्ने भन्ने भिजनविना, समृद्धि नेपालः सुखी नेपालीजस्तो क्लिएर भिजनबिना हामी अगाडि बढ्न सक्दैनौं । त्यो भएर हामीले बुझ्नुपर्दछ कि यो कुनै पनि नयाँ चिज भनेको आएको केही नयाँ होइन । यस्ता हुइमहरु कहिलेकहिले आउँछन् । त्यस्ता हुइम हामीले देखेका छौं । एक पटक २४० सिटमध्ये १२० सिट माओवादीले ल्यायो । अव माओवादीले खायो भनेर दुनियाँ कराए । मैले भने–कहिलेकहिले यस्तो हुन्छ । एउटा भाँडामा दुई माना दुध राखेर बेस्सरी आगो लगाई दियो भने त्यो आगोको रापतापले भरी भएर पनि पोखिन्छ । त्यो त्यत्रो भरि दुध हुँदै होइन । दुई माना हो । पोखिएपछि एक माना बाँकि रह्यो होला । त्यसकारण यो टेम्प्रोररी फेनोमेना यस्तो कुराहरुलाई परमानेन्ट ठान्नुहुन्न । अर्को मैले भने छोटो आयु भएको अल्पायु चिजहरु छिटो हलक्क बढ्छ । एउटा पिपलको बिरुवा रोपदिनुस् । छोडदिनुस् । त्यसको छेउमा एउटा तीतेपाती उम्रिन्छ । त्यो ३ महिनामा पीपलको एउटा पनि टुसो पनि हालेको हुँदैन । तीन महिनामा तितेपानी ८ फिटको भएर उधुम झाँगिएर उधुम मच्चाउँछ । गयोगयो पीपल सिद्धियो, तीतेपातीको जमाना आयो, हेर बढेको । यो सालको रुखभन्दा ठूलो हुन्छ । यो पिपलभन्दा ठूलो हुन्छ भनेर कराउनेहरु कराउँदै गर्छन् । तर आयु पिपलको हजार वर्ष हुन्छ । उसको चार महिना म्याक्सिमम हुन्छ । ३ महिनामा पिपल तल फेदमा हराई राखेको हुन्छ । चार महिनामा हेर्दा पिपलको पातको छेउमा त्यो तीतेपाती ढलेको हुन्छ । तीतेपातीले हिउँद देख्यो भने वर्षा देख्दैन । वर्षा देख्यो भने शरद देख्दैन । शरद देख्यो भने शिशिर देख्दैन । शिशिर देख्यो भने वसन्त देख्दैन । नेकपा एमाले हिउँद, वर्षा, आँधी, तुफान, भूकम्प आदिइत्यादि सबै देखेको छ ।’

ओलीले देश बनाउने भिजनबिनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);