चितवन , २१ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अब आर्थिक क्रान्तिको दिशामा अघि बढ्ने बताएका छन् ।
शुक्रबार चितवन उद्योग वाणिज्य संघको नवौ महाधिवेशन उदघाटन समारोहमा अध्यक्ष दाहालले आफू मुलुकको समग्र विकासमा लागिपर्ने प्रतिवद्धता पनि जनाए । समृद्धिको अभियानमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनँले जोड दिए ।
अध्यक्ष दाहालले नागरिक अधिकार र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुले निकै ठूलो जोखिम मोलेर संविधान जारी गरेको स्मरण पनि गराए ।




