मालपोत कार्यालय महोत्तरीबाट सुब्बा र लेखनदास पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

मालपोत कार्यालय महोत्तरीबाट सुब्बा र लेखनदास पक्राउ

काठमाडौं, १८ फागुन । अख्तियारको टोलीले मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदासलाई नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

Leave a Reply

ताजा समाचार