तेस्रो दल सरकारमा हालीमुहाली जमाउँदै, पहिलो र दोस्रो हिस्स ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तेस्रो दल सरकारमा हालीमुहाली जमाउँदै, पहिलो र दोस्रो हिस्स ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ , फाल्गुन १७।  निरन्तर ओरालो लागेको माओवादी अहिले संसदमा तेस्रो दल भएरपनि सरकारको नेतृत्व गरिरहेको मात्रै छैन सरकार बनाउने र ढाल्ने सक्ने निर्णायक शक्ति बनेको छ। माओवादी विगतमा एमाले नेतृत्वको सरकारमा तीन पटक र अहिलेसम्म गरी कंग्रेस नेतृत्वको सरकारमा तीनै पटक सामेल भइसकेको छ । यसपाली संसदमा ३२ सिट भएरपनि निर्णायक शक्ति बनेको माओवादी पटक पटक सरकारमा सहभागी भएपनि निरन्तर जनमत घटाइरहेको छ । प्रचण्डलाई माओवादीको अस्तित्व जोगाउन हम्मे छ। तैपनि, प्रचण्ड नै किन प्रधानमन्त्री बन्नुभयो ? संसदमा पहिलो र दोस्रो दललाई हिस्स पारेर तेस्रो दलका नेता प्रचण्डलाई किन फाइदा पुग्यो ?

नेपाली राजनीति इतिहासमा तेस्रो शक्ति भएरपनि सरकारको नेतृत्व गर्ने माओवादी मात्रै होइन विगतमा राप्रपा पनि तेस्रो दल हुँदाहुँदै पनि पहिलो र दोस्रो दलहरुलाई पाखा लगाउँदै सरकारको नेतृत्व गरेको इतिहास ताजै छ । त्यतिबेला संसदीय प्रणाली नै बदनाम बनाउने गरी नकारात्मक चलखेलहरु भए । विदेशी शक्तिले खूबै खेले । फेरि त्यही इतिहास दोहोरिने संकेतहरु देखिइसकेको छ।

कसैको पनि बहुमत नआउने राजनीतिक प्रणाली थोपर्दा र जिम्मेवार नेताहरुले यसबारे हेक्का नगरी निर्णय लिँदा देशले कमजोर पार्टीको नेतृत्व हुने बेथितीको सामना गर्न थालेको छ । राजनीतिमा तेस्रो शक्तिकै हालीमुहाली कहीं नभएको जात्रा हाँडीगाउँमा भइसकेको छ। २०७४ मा जितेकामध्ये अहिले १९ वटा क्षेत्र गुमाएको छ माओवादीले । गठबन्धनको बलमा समेत अपेक्षा अनुसार सिट जित्न नसक्दा अप्ठ्यारोमा परेको माओवादीले सरकारका नेतृत्व गरिरहेको छ। बलियोको ढाँड चढेर कमजोरले शासन गर्दा सत्ता ढाल्ने र बचाउने खेलमै नेताहरुको समय व्यतीत हुने अवस्था छ ।

देशमा कमजोरले शासन गर्ने भएपछि स्वार्थी समूहहरु हावी हुन थालिसकेका छन् । प्रधानमन्त्री आफ्नो कुर्सी जोगाउनै चिन्तित हुनुपर्ने भएपछि देश र जनताको आधारभूत समस्याको समाधानमा ध्यान दिने समय कमै हुन्छ । कमजोर दलबाट प्रधानमन्त्री बनेका नेता स्वयं राजनीतिक चक्रव्यूहमा अलमलन वाध्य हुने अवस्था छ । यो एक प्रकारको जनमतको अपमान पनि हो जसले मुलुकलाई झन् संकटतर्फ धकेल्न थालेको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);