संसदको चौथो शक्तिका रुपमा नेकपा (एकीकृत समाजवादी) | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

संसदको चौथो शक्तिका रुपमा नेकपा (एकीकृत समाजवादी)

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ ।

३० सांसद रहेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ । भने आवश्यक प्रक्रिया पुरा गर्न तयारी थालेको छ ।

एमाले फुटेपनि अझै पहिलो दलको रुपमा कायमै छ । दोस्रो ठूलो पार्टी काँग्रेस, तेस्रो मा माओवादी केन्द्र र यसअघि चौथो हैसियतमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा अब पाँचौ ठूलो दल हुनेछ । निर्वाचत आयोगबाट आधिकारिकता पाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छैटौं ठूलो दल बन्नेछ ।

संघीय संसदमा राष्ट्रिय हैसियत प्राप्त गर्ने दल पनि यिनिहरुनै रहेका छन् । राप्रपा, जनमोर्चा र नेमकिपाको संसदमा प्रतिनिधित्व रहेपनि थ्रेसहोल्ड नकटाएका कारण स्वतन्त्र हैसियत छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);