आदमी र भाजपाका सदस्यबीच मध्यरातमा कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

आदमी र भाजपाका सदस्यबीच मध्यरातमा कुटाकुट

एजेन्सी । दिल्लीको नगर निगम (एमसीडी) मा बुधबार मेयरको चुनावमा आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झगडा भएको छ । स्थायी समितिको निर्वाचन सुरु भएपश्चात दुई पार्टीका पार्षदबीच झगडा सुरु भएको हो ।

जसमा पुरुष पार्षद र महिला पार्षदहरु रहेका थिए । दुवैले एकअर्कालाई लात र मुक्का प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सदनमा बोतलहरू फालिए र मतपेटिका पल्टाइएका थिए ।  शेली ओबेरोयले आफूलाई भाजपा काउन्सिलरहरूले मलाई आक्रमण गर्ने प्रयास गरेको बताएकी छिन् ।

सदनमा बुधबार राति अबेरसम्म हंगामा जारी रह्यो । दुवै दलका पार्षदहरु सदनमै सुते । त्यसका तस्विरहरु पनि बाहिर आएका छन् । बिहीबार बिहान खाजा खाइसकेपछि पुनः निर्वाचन प्रक्रिया सुरु भए पनि हंगामाका कारण बैठक पुनः एक घण्टाका लागि स्थगित भएको थियो । बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म ६ पटक प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

 

Leave a Reply