बाजुरामा मतगणना सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बाजुरामा मतगणना सुरु हुँदै

काठमाडौं। निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ। एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन । बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । स्याङ्जा २ मा बुधबार रातिदेखि नै मतगणना जारी छ। तर बाजुरामा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा उपस्थित नभएपछि बिहीबार बिहानका लागि बैठक सारिएको थियो ।

बिहान बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । जसअनुसार केहीबेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);