काठमाडौं, ५ फागुन । त्रिवि मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गतको खेलमा सट्टेबाजी गराएको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सट्टेबाजीको आशंकामा त्रिवि मैदानबाट एक युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन् ।
आजको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध छैंठौं सफलता हात पारेको छ । नेपालले स्कटल्याण्डबीचको खेल त्रिवि मैदानमा जारी छ ।




