लोत्से मल तोडफोड गरी लुटपाट गर्ने ४० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लोत्से मल तोडफोड गरी लुटपाट गर्ने ४० जना पक्राउ

काठमाडौं– फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जना पक्राउ परेका छन् ।

यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा अहिलेसम्म ४० जना पक्राउ परेका हुन । आन्दोलनकारीले लोत्से मलमा एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए । उनीहरूले प्रहरी वृत्त बालाजुको २ वटा गाडी जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पु¥याएको प्रहरीको आरोप छ ।

आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

उहाँले प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको भन्दै उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिने बताउनुभयो । नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रुप लिँदा उक्त घटना भएको थियो। घटनामा अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटल तथा रेष्टुराँका कामदार छन् ।

लुटपाटमा संलग्नलाई मुलुकी अपराध संहिता ऐनबमोजिम चोरी तथा डाँका र उपद्र गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);