काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् । वाह्य मुलुकतर्फ लैजान लागेको उक्त रकमसहित २९ वर्षीय ज्क्ष्म्क्ष्ी ऋब्थ्ब्ल् क्ब्च्क्ष्ऋब्प्ःब्च् लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




