यातायात व्यवस्था ऐनको संशोधन गर्न योगेश भट्टराईको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

यातायात व्यवस्था ऐनको संशोधन गर्न योगेश भट्टराईको माग

काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताए ।

उनले भने,‘रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्छ, रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यक छ । दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी छ ।’

शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने राज्यको निर्देशक सिद्धान्तभित्र परेपनि सो अनुसार हुन नसकेको भन्दै उनले सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्नेमा जोड दिनुभयो । भट्टराईले यातायात व्यवसायीको आन्दोलनको क्रममा बसपार्क क्षेत्रमा भएको लुटपाट बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);