पाकिस्तानको आर्थिक संकटको सामरिक पराकम्पन | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

पाकिस्तानको आर्थिक संकटको सामरिक पराकम्पन

विपिन देव: भारत विभाजन यस्तो घटना थियो जसले दक्षिण एसियाका लागि ठुलो दुर्भाग्य निम्त्यायो । हिंसा र युद्धका असरहरु आजपर्यन्त विभिन्न रुपमा प्रकट हुँदै आएका छन् । इतिहासलाई दुर्घटनाबाट जोगाउन महामानवहरू पनि असफल हुने गर्दछ भने कुरा डा. राममनोहर लोहियाद्वारा लिखित पुस्तक “गिलटी मेन अफ पार्टीसन अफ इण्डिया”ले प्रमाणिकताका साथ पुष्टि गरेको छ । धार्मिक आस्थाका कारण पाकिस्तान विभाजन भए पश्चात धर्मले पाकिस्तानको राजनीतिलाई प्रभावित गरेको देखिन्छ ।

भू-राजनीतिक दृष्टिकोणले पाकस्तिान अब्बल देखिन्छ । हिन्दमहासागरीय क्षेत्रमा भू-राजनीतिक बनौटले गर्दा अफगानीस्तान, इरान, सेन्ट्रल एसिया र चीनलाई जोड्न पाकिस्तानको भूगोल उपयोगी रहेको देखिन्छ । पाकिस्तानमा धार्मिक गुरू र सैनिक नेतृत्वहरूको प्रभावका कारण भारतसंग पाकिस्तानकोे कटुता दिन प्रति दिन बढिरहेको छ । इतिहासको आरोह र अवरोहमा भारत पाकिस्तान विच पटक पटक युद्ध भएको पाइन्छ । भारत पाकिस्तान विच सन् १९४७- १९४८ मा पहिलो पटक युद्ध भएको थियो । दोस्रो युद्ध सन् १९६५ मा भएको थियो भने तेस्रो युद्ध सन् १९७०-१९७१ मा भएको थियो । कारगील युद्धलाई पनि चौथो युद्ध मानिएको छ । भारतसंग शत्रुताबाट पाकिस्तानले लाभ पनि प्राप्त गरेको छ ।

भारत सोभियत संघसंग सामरिक रूपले नजिक भए पद्धि पाकिस्तान सन् १९५६ मा अमेरिकासंगको सैनिक गठबन्धको सदस्य हुन पुग्यो । साथ साथै सन् १९६२ को भारत चीन युद्ध पश्चात चीन पाकिस्तान सम्वन्धले न्यानोपन पायो । भारतसंगको पटक पटक युद्धले गर्दा पाकिस्तानले काश्मिर मुद्दालाई आप्mनो कूटनीतिको प्रमुख अस्त्र बनाएको देखिन्छ । काश्मिरलाई चूनावी मुद्दा, धार्मीक मुद्दा र कूटनीति मुद्दा बनाउन राजनीतिक दलहरू विच रसाकसी भएको पाइन्छ । पटक पटक युद्धहनु, धार्मिक आस्थाको नाममा समाजका कटरपन्थीको विकास हुनु, विदेशी ऋणको चाप हुनु, निवेशको कमी हुनु, सैनिक र राजनेताहरू भष्ट्राचारको दलदलमा फस्नु जस्ता परिघटनाको कारणले पाकिस्तान आर्थिक दिवालीयापनको संघारमा देखिन्छ । अर्थात् पाकिस्तानसंग केही साताको लागि मात्र डलरको भण्डारण रहेको कुरा पाकिस्तानी बैंकहरूले सार्वजनिक गरेको देखिन्छ । अर्थात् पाकिस्तामनसंग ३ विलियन अमेरिकी डलर मात्र रहेको कुरा तथ्यले देखाउ‘छ । सन् १९५० देखि हालसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषले २२ पटक पाकिस्तानलाई आर्थिक दिवालीयापनको संघारबाट जोगाएको छ । यो २३ औं प्रयास हो ।

पाकिस्तानको आर्थिक दिवालीयापनको कारण सैन्य खर्च र सैनिक अधिकारीहरूको जीवनशैली हो भने जानकारहरूको बुझाई रहेको छ । राष्ट्रको कुल धनको २५ प्रतिशत सैन्य खर्चमा व्यय हुने गरेको छ । पाकिस्तानको सैनिक संरचनाले देशको व्यापारमा पनि अभिरुची लिएको देखिन्छ । पाकिस्तानमा ५० वटा ठुला कम्पनीहरूको संचालक पाकिस्तानको सैनिक अड्डा रहेको देखिन्छ । जानकारहरूको अध्ययन अनुसार सैनिकहरूले १ दशमलब ५ विलियनको व्यापार गर्ने गरेको छ । एका तर्फ सैनिकहरू विलाशी जीवन र अर्को तर्फ धर्मको नाममा कट्टरपन्थीहरूको वोलवालाले पाकिस्तानलाई आक्रान्त बनाएको छ । नब्वेको दशकमा पाकिस्तान र अमेरिका विच सैनिक गठबन्धन बढेको थियो । अमेरिकाले विनलादीनको खोजीका लागि पाकिस्तानको खोपीया एजेन्सी लगायत पाकिस्तानी सैनिकहरूलाई प्रचूर मात्रामा प्रयोग गरेका थिए । कालान्तरमा यसको पराकम्पनबाट पाकिस्तानी सैनिक प्रभावित भएको देखिन्छ । तहरीके पाकिस्तान नामक संगठनले पाकिस्तानको सैनिक जथ्थालाई पटक पटक आक्रमण गरेर आप्mनो आतंकवादी गतिविधिलाई बढाएको छ । तहारिके तत्लीवान विरुद्ध सन् २०१४ मा पाकिस्तान जखेअज नामक सैनिक कार्यवाह परिचालित गरेपनि टि.टि.पि. नामक आतंककवादी संगठन कमजोर हुन सकेन ।

समाजमा ३२ इश्लामीकरणले गर्दा अल्पसंख्यहरू प्रभावित भएको कुरा इतिहासले पुष्टि गर्दछ । विभाजनको वेला हिन्दु १५ प्रतिशत भन्दा माथि भएता पनि हाल ३ प्रतिशत भन्दा कम रहेको छ । गिरीजा घर पटक पटक आतंकवादी आक्रमणमा परेको छ । लेखकहरू अपहरित भएका छन् । यी सबै चीजहरूको प्रभाव अर्थतन्त्रमा पर्ने गरेको छ । पाकिस्तानलाई वित्तिय संकटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्धाकोषले केही मार्गचित्र प्रस्तुत गरेका छन् । अर्थात् सुरक्षा खर्चमा १० देखि २० प्रतिशतसम्म कटौती गर्न मुद्रा कोषले पाकिस्तानलाई दवाव दिएको छ भने कर प्रणालीलाई प्रभावकारी बनाउ‘न जि.एस.टी.को समेत प्रस्ताबना गरेको देखिन्छ । वित्तिय संकटबाट जोगाउ‘न मुद्रा कोषले अन्तरिम बजेटको घोषणाको लागि समेत सुझाव दिएका छन् । अर्थात् नयॉ बजेटको माध्यमबाट राज्यले १७० अरब कर उठाउन पाकिस्तान सरकारलाई संयन्त्र दिएका छन् । मुद्रा कोषको अनुसार पाकिस्तानलाई वित्तिय संकटको संघारबाट जोगाउन उर्जा लगायत हरेक उपभोगको साम्रगीमा २५ प्रतिशत भन्दा बढि मूल्य बह्रोतरी गर्नु पर्ने हुन्छ ।

पाकिस्तानको वित्तिय संकटको कारण जानकारहरूले सीपेक गुरू योजनालाई समेत लिएको छ । सीपेक भन्नाले चीन-पाकिस्तान कोरीडर बुझिन्छ । ६५ विलियन लगानीमा लागु भइरहेको उक्त योजनाको भार पाकिस्तानी अर्थतन्त्रले सहन सकिरहेको छैन । वर्तमान आर्थिक संकटको परिवेशमा अमेरिका लगायत युरोपेली युनियन, साउदी अरेवीया लगायन खाडीका अन्य उदीयमान अर्थतन्त्रहरूले समेत चासो देखाएको छैन । चीनिया लगानी कर्ताहरू सुरुदेखि नै पाकिस्तानमा निवेशको वातावरण नभएको कुरा ग्लोवल टाइम्सद्वारा उद्घोष गरि नै आएको छ । यस विषम अवस्थामा पाकिस्तानले पू‘जी निवेशका लागि युरोप, अमेरिका लगायत अन्य प्रजामतान्त्रिक कित्तामा रहेका मुलुकहरूको सम्वन्धमा सुमधुरता र सामिप्यता ल्याउनु पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);