विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ ।

संविधानले निर्धारण गरेको समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री रावल पदमुक्त हुनुभएको हो ।

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वासको मत नदिदा उहाँले विश्वासको मत पाउन असफल हुनुभएको हो । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ ।

अब सुदूरपश्चिममा कांग्रेसको सरकार बन्ने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);