भारतले घरेलु मैदानमा लगातार सातौं सिरिज जित्यो | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

भारतले घरेलु मैदानमा लगातार सातौं सिरिज जित्यो

एजेन्सी । शनिबार रायपुरमा भएको दोस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै टिम इन्डियाले तीन खेलको सिरिज जितेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली हालको शृङ्खलामा २–० को अग्रता लिएको छ । भारत र न्यूजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल मंगलबार इन्दोरको होल्कर स्टेडियममा हुँदैछ ।

न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय सिरिज जितेर भारतीय टोलीले विशेष उपलब्धि हासिल गरेको छ । भारतीय टोलीले घरेलु मैदानमा लगातार सातौं एकदिवसीय सिरिज जितेको छ । सन् २०१९ मा घरेलु मैदानमा अस्ट्रेलियासँगको पाँच खेलको शृङ्खलामा भारतीय टोली २–३ ले पराजित भएको थियो । यसपछि टीम इन्डियाले उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२० देखि तीन वर्षमा लगातार सात ओडीआई सिरिज जित्यो।

शनिबार रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा भएको दोस्रो एकदिवसीय खेलमा न्युजिल्याण्ड भारतसँग ८ विकेटले पराजित भएको छ । यो हारबाट न्युजिल्याण्डलाई ठूलो हार बेहोरेको छ र उसले आईसीसी एकदिवसीय वरीयतामा आफ्नो शीर्ष स्थान गुमाएको छ । इंग्ल्याण्डको टोली अहिले नम्बर १ बनेको छ । दोस्रो एकदिवसीयमा भारतको जितपछि समीकरणमा उल्लेखनीय परिवर्तन भएको छ । न्युजिल्यान्ड दोस्रो स्थानमा झरेको छ भने भारत एक स्थानको सुधारमा तेस्रो स्थानमा पुगेको छ ।

भारतीय टोलीले शनिबार दोस्रो एकदिवसीयमा न्यूजील्याण्डलाई १७९ बल बाँकी रहँदा ८ विकेटले पराजित ग¥यो। न्युजिल्यान्डले पहिले ब्याटिङ गरेको र पूरा टिम ३४.३ ओभरमा १०८ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले २०.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);