गृहमन्त्रीलाई प्रश्न– अपराधिलाई खोज्दा प्रेस विज्ञप्ती निकाल्ने चलन कहाँबाट आयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

गृहमन्त्रीलाई प्रश्न– अपराधिलाई खोज्दा प्रेस विज्ञप्ती निकाल्ने चलन कहाँबाट आयो ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपी एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश व्यक्त गरे ।

शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भनि प्रश्न गरे । के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै सांसद खतिवडाले तत्काल त्यसको जवाफ माग गरेका छन् ।

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरेका छन् । उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न चेतावनी समेत दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);