सभामुख र उपसभामुखले संसदमा रेफ्रीको भुमिका निभाउनुपर्छः कृष्णगोपाल श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

सभामुख र उपसभामुखले संसदमा रेफ्रीको भुमिका निभाउनुपर्छः कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन् ।

शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले विगतमा सभामुखबाट दल फुटाउने भुमिका खेलेको भन्दै अबको सभामुखबाट कुनैपनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताए । उनले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भुमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताए ।

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे ।

Leave a Reply

ताजा समाचार