काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको ओलीको आरोप

काठमाडौं,७ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले परिपक्व प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाउनु भयो ।

यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गर्नुभयो । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

यता नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने चेतावनी दिनुभयो । गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ काँग्रेसलाई चित्त नबुझेको उहाँको भनाई छ । सांसद खतिवडाले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्ल्ेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);