नेपाल समाजवादी पार्टी फुट्यो,महिन्द्र राय यादव समूहले बनायो समानान्तर समिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपाल समाजवादी पार्टी फुट्यो,महिन्द्र राय यादव समूहले बनायो समानान्तर समिति

काठमाडौं,७ चैत्र । नेपाल समाजवादी पार्टीका औपचारिक रूपमा विभाजन भएको छ । अध्यक्ष महिन्द्र राय यादव समूहले अर्का अध्यक्ष बाबुराम भट्टराई समूहबाट औपचारिक रुपमा अलग भएर अर्को सांगठनिक संरचना बनाएको छ ।

यादव समूहले भट्टराईको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय खारेज गरको छ । ‘चैत ५ गते डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरू अमान्य घोषित गरेको छ,’ यादव समूहको केन्द्रीय समितिको निर्णयमा भनिएको छ । बैठकले चैत ३ गते नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बीच एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।बैठकले सबै प्रदेशहरुमा ईन्चार्ज र सह ईन्चार्ज पनि तोकेको छ ।

यादव समूहले निर्वाचन आयोगबाट नेसपाको मान्यता लिने प्रयोजनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);