रवि लामिछानेमाथिको आरोपमा हामी छानबिन समिति बनाउँदैनौँः सन्तोष परियार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रवि लामिछानेमाथिको आरोपमा हामी छानबिन समिति बनाउँदैनौँः सन्तोष परियार

काठमाडौं,१९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली काँग्रेसले मिथ्या आरोप लगाएको बताउनुभएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसलाई संसदीय छानिबन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन काँग्रेसले संसदमा मौका दिनुपर्ने बताउनु भयो । उहाँले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु नहुने बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो मुद्दा उठेको दिनदेखि भनेका छौँ की, जुन प्रश्न उठेको छ, त्यसको जवाफ यो हाम्रो व्यवस्थाको क्याबिनेटको प्रमुखका हिसावमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा जवाफ दिइसक्नुभएको छ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो । त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ । जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरुमध्ये एउटा शिर्षस्थ नेता हो । त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्नेकुरा नेपाली काँग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।’ उहाँले आफूमाथि उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);