गृहमन्त्रीलाई पत्रकारको प्रश्न– फरार सांसदलाई पक्राउ गर्न सक्नुहुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गृहमन्त्रीलाई पत्रकारको प्रश्न– फरार सांसदलाई पक्राउ गर्न सक्नुहुन्छ ?

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार गृह मन्त्रायलले निकालेको विज्ञप्तिको व्याख्या, उपव्याख्या र अपव्याख्या भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विज्ञप्ति जानकारीका लागि प्रकाशित गरिएको स्पष्ट पारे । उनले आ–आफ्ना ढंगको व्याख्या, उपव्याख्या र अपव्याख्या भएको भन्दै त्यसलाई स्विकार गर्न आफु तयार रहेको बताए ।

सत्ता गठबन्धनकै सांसद् भएपनि प्रहरी प्रशासनले फरार अभियुक्तलाई पक्राउ गर्ने उनले प्रतिवद्दता व्यक्ति गरे ।

फरार सांसदलाई पक्राउ गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने– अभियुक्तलाई पक्रिएको दिन म तपाईंलाई खोजी–खोजी अन्तरवार्ता दिन्छु ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनलाई पक्राउ गर्न नसकेर गृहमन्त्रालयले विज्ञप्ती मात्र निकालेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले विरोध जनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);