१७ जना डीआईजीको सरुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१७ जना डीआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा हुनुभएको छ । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आउनु भएको छ भने भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा दिइएको छ । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ सरुवा गरिएको छ ।

गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाउनुभएको छ । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाउनुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा हुनुहुन्थ्यो । त्यसैगरी विमानस्थलमा किरण राणालाई खटाइएको छ । विशेष ब्यूरोमा सुदीप गिरी पुग्नुभएको छ । गृह मन्त्रालयाम रवि लामिछाने आएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);