काठमाडौं । बलिउड फिल्म ‘पठान’को विवाद चुलिएको छ । केहिदिन अघि ‘पठान’को गीत ‘बेसरम रंग’मा अभिनेत्रीले लगाएको बिकिनीको विवाद अहिले नै शान्त नहुने देखिएको हो ।
शाहरुख खानको कमब्याकले फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा बढ्दो पर्खाइ भएपनि फिल्म भने विवादमा छ ।
आगामी जनवरी २५ मा रिलिज हुने तयारीमा रहेको फिल्म पठानको गीत विवादको विषय भारतीय सेन्सर बोर्डमा पुगेको छ ।
सीबीएफका अध्यक्ष प्रसुन जोशीले फिल्म हलमा रिलिज हुनु अगाडि नै उक्त गीतको भिडियो परिमार्जन गरेर बुझाउन समेत भनेको छ ।
अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूधर्म र संघसंस्थाले ‘बहिष्कार’को मुद्दा भने उठाइरहेका छन् ।