दीपिकाको विकिनी विवादले अफ्ठ्यारोमा ‘पठान’ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दीपिकाको विकिनी विवादले अफ्ठ्यारोमा ‘पठान’

काठमाडौं ।   बलिउड फिल्म ‘पठान’को विवाद चुलिएको छ ।  केहिदिन अघि ‘पठान’को गीत ‘बेसरम रंग’मा अभिनेत्रीले लगाएको बिकिनीको विवाद अहिले नै शान्त नहुने देखिएको हो ।

शाहरुख खानको कमब्याकले फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा बढ्दो पर्खाइ  भएपनि  फिल्म भने विवादमा  छ ।

आगामी जनवरी २५ मा रिलिज हुने तयारीमा रहेको फिल्म पठानको गीत विवादको विषय भारतीय सेन्सर बोर्डमा  पुगेको छ ।

सीबीएफका अध्यक्ष प्रसुन जोशीले फिल्म हलमा रिलिज हुनु अगाडि नै उक्त गीतको भिडियो परिमार्जन गरेर बुझाउन समेत भनेको छ ।

अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूधर्म र संघसंस्थाले ‘बहिष्कार’को मुद्दा भने उठाइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);