शाहरुख र दीपिकाको पैठान रिलिजअघि नै विवादमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शाहरुख र दीपिकाको पैठान रिलिजअघि नै विवादमा

एजेन्सी, ४ पौष।  अभिनेता शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठान रिलिज हुनु अघि नै विवादमा परेको छ । अभिनेत्री दीपीका पादुककोणको विरुद्घमा मुबइको साकीना पुलिस स्टेशनमा शनिबार उजुरी परेको हो । उजुरकर्ताले फिल्मको निर्माता,निर्देशक,अभिनेता र अभिनेत्रीको विरुद्घ उजुर गरेका हुन ।

जानकारहरुका अनुसार फिल्म पठानमा दीपिका पादुकोणले भगवा रंगको बिकनी लगाएको भन्दै देशभर असन्तुष्टि फैलिएको बताएका छन् । यही कारणले शनिबार सकिनाका पुलिस स्टेशनमा हिन्दु संगठनले मुद्दा दायर गरेका छन् ।
फिल्मको विरोधमा हिन्दु संगठन मात्र नभइ मुस्लिम संगठनहरुले पनि विरोध गरेका छन् । यसैकारणले यस फिल्मको उत्तर प्रदेश तथा मध्य प्रदेशको सरकारले प्रतिबन्धित गर्ने तयारी गरिरहेको छ ।

मध्यप्रदेशमा पनि चौतर्फी विरोध भइरहेको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले फिल्मको गीतमा प्रयोग भएका भेषभुषालाई लिएर पनि आपत्ति जनाएका छन् । यसैपनि दीपिका पादुकोण टुकडे – टुकडे गैंगको समर्थक बुझिएको छ । उनले यस गीतको दृश्य र भेषभुषालाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);