विवादका बीच पठानको दोस्रो गीत रिलिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विवादका बीच पठानको दोस्रो गीत रिलिज

एजेन्सी । बेशरम रंगले देशव्यापी हलचल मच्चाएपछि निर्माण पक्षले आज पठानको दोस्रो गीत झुमे जो पठान सार्वजनिक गरेको छ । शाहरुख–दीपिकाका फ्यानहरु आफ्नो फिल्मको यो गीतको आतुरताका साथ प्रतिक्षा गरिरहेका थिए, अन्ततः उनीहरुको प्रतिक्षा सकिएको छ ।

३ मिनेट २२ सेकेन्डको यो भिडियोमा किंग खान र दीपिकाको जन्तु डान्स देखिएको छ । गीतमा अरिजित सिंहले स्वर दिएका छन् । यो गीत हिट हुने निर्माण पक्षको अपेक्षा छ । बिहीबार पोस्टर सेयर गर्दै शाहरुखले लेखेका छन्,’झुमे जो पठान, मेरी जान, महफिल ही लुट जाए ।’ शाहरुखले थप लेखेका छन्– ‘पठानसँग यशराजको ५० वर्ष मनाउनुहोस्। यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा जनवरी २५ मा ठूलो पर्दामा रिलिज हुनेछ।’

शाहरुख खान करिब ४ वर्षपछि मुख्य फिल्म पठानमा देखिदैछन् । यसअघि उनी अन्तिम पटक जिरोमा मुख्य भूमिकामा देखिएका थिए । सन् २०२३ मा किङ खानका तीन ठूला फिल्म रिलिज हुँदैछन् जसमा पठान २५ जनवरी, जवान २ जुन र डंकी वर्षको अन्त्यमा रिलिज हुनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);