अभिनेत्री गौहर खान आमा बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अभिनेत्री गौहर खान आमा बन्दै

एजेन्सी । बलिउड अभिनेत्री गौहर खानले भर्खरै आफू गर्भवती भएको घोषणा गरेकी छिन् । गौहरले निकै प्यारो भिडियो सेयर गर्दै आफू र जैद चाँडै नै अभिभावक बन्न लागेको बताइन् । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले गौहरलाई आमा बनेकोमा बधाई दिइरहेका छन् ।

वास्तवमा गौहरले एक ग्राफिक भिडियो सेयर गरेकी छिन्। यसमा लेखिएको छ,‘मिल्दा हामी एकबाट दुई भयौं । जब हामी २ देखि ३ बन्छौँ तब जीवनका रोमांचहरू उस्तै रहनेछन् । हामीलाई तपाईहरु सबैको धेरै माया र आशीर्वाद चाहिन्छ ।’

सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै गौहरले लेखेकी छिन्,‘बिस्मिल्ला हिर रहमान नीर रहीम। तपाईको सबैको माया र प्रार्थना चाहिन्छ ।’ जैद दरबार कोरियोग्राफर हुन् । प्रसिद्ध संगीत निर्देशक इस्माइल दरबार उनका पिता हुन् । यस बाहेक, जाइदका कान्छो भाइ आवेज दरबार एक प्रसिद्ध टिक टोकर हुन्, जो धेरै संगीत एल्बमको हिस्सा पनि छन्।

यो जोडीले २५ डिसेम्बर २०२० मा विवाह गरेका थिए । यो जोडीको प्रेम कथा कुनै फिल्म भन्दा कम थिएन । जैदले पहिलो पटक गौहरलाई किराना पसलमा देखे, त्यसपछि उनले गौहरलाई मेसेज गरेर भेट्ने इच्छा व्यक्त गरे । दुईबीचको सम्बन्ध मित्रताबाट सुरु भएको थियो, लामो समय एकअर्कालाई डेट गरेपछि यी जोडीले विवाह गर्ने निर्णय गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);