एमाले माओवादी एकता संयोजन समितिको बैठक स्थिगित, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, ९ पुष । पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

नेपाल जेसीजको ४४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न भैरहवा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मौसमको खराबीका कारण शनिबार काठमाडौं नफर्किए पछि बैठक स्थिगित गरीएको हो । गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवाबाट प्रचण्ड काठमाडौँ फर्कन नसकेको प्रचण्डको सविालयले जनाएको छ । प्रचण्ड काठमाडौं फर्किन नपाएपछि शनिवार साँझ हुने भनिएको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बसन सकेन । प्रचण्डको प्रतिक्षामा बसेका एमाले अध्यक्ष केपी ओली प्रतिक्षामै रहे ।

एमालेका एक शीर्ष नेताका अनुसार शनिवार साँझ एकता संयोजनक समितिको औपचारिक बैठक नबसेपनि शीर्ष तहमा नेताहरु द्विपक्षीय छलफल गर्ने तयारी थियो । ओली र अन्य शीर्ष नेताले राजधानीमा बैठकको तयारी गरेपनि प्रचण्ड काठमाडौं फर्किने जहाज भैरहवामा अवतरण हुन नसकेपछि पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन ।

कार्तिक १५ मा बामदेव निवासमा उपत्यकाका उम्मेदवारहरुको टुङ्गो लगाउ बसेको एकता संयोजन समितिको बैठकपछि अर्को बैठक बस्न सकेको छैन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);