इशाई धर्मगुरुको अभिव्यक्ति जातीवादी भन्दै रुसको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इशाई धर्मगुरुको अभिव्यक्ति जातीवादी भन्दै रुसको आपत्ती

एजेन्सी, १३ मंसिर। इशाई धर्मगुरु पोप फ्रान्सिसको अभिव्यक्ति जातीगत भएको भन्दै रुसले प्रश्न उठाएको छ। पोपले अन्तवार्तामार्फत् युक्रेनमा खटिएका चेचेन, बुरयाटीलगायत गैरइशाई सैनिक निर्दयी रुपमा प्रस्तुत भएको अभिव्यक्ति दिएका थिए । पोपको उक्त भनाईप्रति आपत्ती जनाउँदै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाकारोभाले रुसप्रति नकारात्मक धारणा देखाएको आरोप लगाएकी छिन् । उनले पोपको नामनलिई तल्लो स्तरको अभिव्यक्ति भनेकी छिन् । रुस बहुधार्मिक देश रहेको भन्दै आफ्नो देशकाकुनैपनि समुदाय र धर्मप्रतिको नकारात्मक भनाई सह्य नहुने बताइन् ।

पोप फ्रान्सिसल जेयुइट म्यागाजिन अमेरिकालाई दिएको अन्तवार्तामा युक्रेनमा निर्दयी रुपमा प्रस्तुत भएका चेचेत र बुरयाटीहरु रुसी भएपनि रुसी परम्परा मान्ने नभएको बताएका थिए । रुसी विदेश मन्त्रालयकी प्रवक्ता जाकारोभाले चेचेनहरु मुस्लिम र बुरियाटीहरु बौद्ध धर्मालम्बी भएकै आधारमा पोपको जातीवादी अभिव्यक्ति आएको टिप्पणी गरेकी छिन् । इस्लाम धर्मालम्बी चेचेनहरु रुसको ककेससका पहाडी र हिमाली भागमा बसोबास गर्छन् । बुरियाटीहरु बौद्ध धर्मालम्बी हुन् जो रुसको दक्षिणपूर्वी साइबेरियामा बसोबास गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);